मुक्तिनाथ कृषिले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति


काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ । यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणका लागि कुल १४ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

यसले कुल १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । यो आईपीओमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्ने भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।