मंगलबार घट्यो सुनचाँदीको मूल्य, प्रतिताेला कति पुग्याे ?



काठमाडौं ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य ३० रुपैयाँले घटेको जानकारी दिएको हो ।

महासङ्घका अनुसार मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ३० रुपैयाँले घटेर कारोबारमा आएको छ । महासङ्घले आज १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदीको मूल्य हिजो १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्