आजबाट इन्द्रजात्रा- २० विदेशी र २२ स्वदेशी पाहुनाले अवलोकन गर्ने



काठमाडौं । यसवर्षको इन्द्रजात्रामा २० विदेशी र २२ स्वदेशी स्वदेशीसहित ४२३ जना अन्तर्राष्ट्रिय नगर, संस्था र स्थानीय तहका प्रमुख सहभागी हुने भएका छन् । काठमाडौं महानगरपालिकाको निमन्त्रणमा सहभागी पाहुनाहरू आजबाट काठमाडौं आउनेछन् ।

महानगरले भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय ८ र राष्ट्रिय स्तरबाट भगिनी सम्बन्ध राखेका ७ स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको थियो । तीमध्ये चीनका, अमेरिका र कोरियाका केही शहरका प्रमुख नेपाल आउने भएका छन् । कामपा सूचना विभाग प्रमुख महेश काफ्ले भगिनी सम्बन्ध भएका चीनका १७, अमेरिकाका १ र दक्षिण कोरियाका २ जना विदेशी पाहुना नेपाल आउन लागेका हुन् । इन्द्रजात्रा अवलोकन गर्न सिटी नेटका कार्यक्रम संयोजक पनि नेपाल आउन लाग्नुभएको हो ।

चीन नेपालसँग भगिनी सम्बन्ध राख्ने पहिलो देशको । त्यसपछि अमेरिका भएको कामपको भनाइ छ । आजबाट नेपाल आउने सबै पाहुनालाई होटल सोल्टीमा खाने र बस्ने व्यवस्था गरिएको छ ।

इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय पर्वको रूपमा परिचय दिन पाहुना बोलाएको थियो । कामपाले २०७६ सालबाट भगिनी सम्बन्ध शुरू गरेको थियो । महानगरले भगिनी सम्बन्ध राखेका राष्ट्रिय नगरहरूमध्य कोशी प्रदेशको पाख्रिबास नगरपालिका, मधेसप्रदेशको जितपुर सिमरा उपमहानगरपालिका, वागमतीको मेलम्ची नगरपालिका, गण्डकीको डिस्याङ गाउँपालिका, लुुम्बिनीको रामग्राम नगरपालिका, कर्णालीको चन्दननाथ नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकाका प्रमुख र उपप्रमुखलाई जात्रा अवलोकन गर्न आउने भएका छन् । महानगरले सबै प्रमुखलाई होटल सोल्टीमा खाने र बस्ने व्यवस्था गरेको छ ।

पाहुनालाई इन्द्रजात्रा सञ्चालन हुने रुटमा पर्ने हनुमानढोका केन्द्रित हाँडीगाउँ, स्वयम्भु र भक्तपुर दरबार क्षेत्रको अवलोकन, कुमारी र रथ यात्राको अवलोकन गराउने कार्यक्रम तय गरेको छ ।

११ गते मुख्य जात्रा अवलोकन गरेपछि १२ गते भक्तपुर दरबारक्षेत्र भ्रमण गराउने कार्यक्रम तय भएको छ । चार दिनको बसाइपछि सबै पाहुनालाई औपचारिक रूपमा बिदा दिनेगरी तयारी थालेको छ । प्रवक्ता मानन्धरले जात्रा अवधिभरको जिम्मा कामपाको रहेको बताउनुभयो । हामीले केही पर्यटकीय क्षेत्र भ्रमण गराउने कार्यक्रम तय गरेका छौं । उहाँले पर्यटकीय सम्भावनाको आकर्षण भएकोले यसलाई अन्तर्राष्ट्रियकरण गरिएको जानकारी दिनुभयो ।

कामपाले इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा सांस्कृतिक, सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै प्रवक्ता मानन्धरले जीवित देवीकुमारी, गणेश र भैरवको रथारोहण, रथयात्रा, विभिन्न परम्परागत वाद्यवादन, गायन, नाचजस्ता कार्यक्रम सञ्चालन गरेर नेपालको बारेमा जानकारी दिन पाहुनालाई निमन्त्रण गरेको बताउनुभयो ।

कामपाले चीनको बेइजिङमा मुख्यालय रहेको विश्व पर्यटन शहरहरूको महासंघ (डब्ल्यूटीसीएफ), मुख्य महानगगरहरूको विश्वसंस्था मेट्रोपोलिस, स्थानीय वातावरणको दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय परिषद् आईसीएलईआई), मानव बन्दोबस्त व्यवस्थापनको लागि स्थानीय सरकारको क्षेत्रीय सञ्जाल (सिटिनेट), विशाल शहरहरूको दिगो भूकम्पीय जोखिम व्यवस्थापन, संस्था (ईएमआई), ऐतिहासिक शहरहरूको संस्था(एलएचसी), संयुक्त शहरहरू र स्थानीय सरकारको संगठन (सीएलजी) र विश्वसम्पदा शहरहरूको संगठन (ओडब्ल्यूएचसी) का प्रमुखलाई निमन्त्रणापत्र पठाएको थियो । तीमध्ये सिटिनेटको मात्र उपस्थिति रहेको छ ।

कामपाले विदेशी पाहुनालाई परराष्ट्र मन्त्रालयसँग समन्वय गरी पत्राचार गरेको थियो । कामपाले महानगरसँग भगिनी सम्बन्ध भएका अमेरिकाको युजिन, रोचेस्टार, फेडरिक्सवर्ग र बोल्डर, जापानको मात्सुमोतो, बेलारुसको मिन्स्क, म्यानमारको यांगुन, उत्तर कोरियाको प्योङयाङ, भारतको वाराणसी , चीनको सियान, ल्हासा, सेन्जेन, लान्चोउ, छेन्दु, नान्जी र स्पेनको मेड्रिट शहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । यी सबै शहरका ४–४ जना प्रतिनिधिलाई निम्तो पठाएका थियो ।

प्रतिक्रिया दिनुहोस्