एनएलजीको पुँजी वृद्धि योजना : ६६ प्रतिशत हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त



काठमाडौं ।

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

एनएलजीइन्स्योरेन्सले हाल कायम १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्ता पुँजीमा ६६ प्रतिशत १०ः६.६ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीलाई नियामक नेपाल बिमा प्राधिकरणले हकप्रद निष्कासन अनुमति दिइसकेको छ ।

यस्तै, कम्पनीले गत साउन १५ गतेको विशेष साधारण सभामार्फत हकप्रद सेयर प्रस्ताव पनि पारित गरिसकेको छ । हकप्रद सेयर बिक्रीपछि एनएलजीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्