सुनचाँदीको मूल्यमा वृद्धि, प्रतिताेला कति पुग्याे ?



कामठाडौं ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जानकारी दिएको छ ।महासंघले आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा सुन र चाँदीकै कारोबार मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर महासंघले जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ थियो । यस्तै, आज ५ रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम छ । शुक्रबार यसको कारोबार मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस्