साधना लघुवित्तको संस्थापक सेयर बिक्रीमा


काठमाडौं ।

साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ११ हजार ९९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा इच्छुक जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज मंगलबार (असोज २ गते) बाट ७ दिनभित्र आवेदन दिनुपर्नेछ । यस संस्थाको केन्द्रीय कार्यालय ,गोरखा-६, हरमटारीमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।