पूजा इन्टरनेशनल र सानिमा बैैंकबीच सहकार्य



काठमाडौं।

आधिकारिक आयातकर्ता र वितरक पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले फक्सवागन ब्राण्डको टाइगन, भर्टस, टिगुआन, टिगुआन अलस्पेस/टुवारेग–आर  (Taigun, Virtus, Tiguan Allspace / Touareg – R) मोडेलहरु कार खरिद गर्न चाहने ग्राहकहरूलाई कर्जा सुविधा उपलब्ध गराउन सानिमा बैैंक लि.संग सहकार्य गरेको छ ।

उक्त सम्झौता पत्रमा पूजा इन्टरनेशनल नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे र सानिमा बैंक लि. का रिटेल लेण्डिङ हेड बिशाल दाहालले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार फक्सवागन ब्राण्डको कारहरु किन्न चाहने ग्राहकहरूलाई सानिमा बैंकले सवारी साधनको मूल्यको ७५% सम्म १०.९९ %  को निश्चित ब्याज दरमा ७ वर्ष अवधिको लागि कर्जा उपलब्ध गराउने छ ।

कर्जाको अवधि १० वर्ष सम्मको लागि लम्ब्याउन सकिन्छ । कर्जाका लागि आवेदन दिन इच्छुक ग्राहकहरुले आवश्यक कागजातसहित आफ्नो नजिकको सानिमा बैंकको शाखामा जान सक्नेछन् । यो साझेदारी मार्फत प्रिमियम सवारी साधनका पारखीहरुलाई गाडी खरिद गर्न थप सहज हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्