रियादमा विशालको अर्को कीर्तिमान



काठमाडौं  । नेपालका भारोत्तोलक विशालसिंह विष्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा अर्को थप नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष ९६ केजी तौलसमूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाए ।

विशालले स्न्याचमा १ सय २६ केजी, क्लिन एन्ड जर्कमा १ सय ६५ र कुलमा २ सय ९१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यसअघि स्न्याचमा १ सय २५, क्लिन एन्ड जर्कमा १ सय ६१ र कुलमा २ सय ८३ केजीको कीर्तिमान विशालकै नाममा थियो । यसअघि उनले पुरुष ८१ केजी तौल समूहमा कीर्तिमान रचेका थिए ।

प्रतिक्रिया दिनुहोस्