उच्च अंकले बढ्याे सेयर बजार, १ अर्ब ५१ करोड भन्दा बढीको कारोबार



काठमाडौ । 

आइतबार बढेको सेयर बजारले सोमबार पनि निरन्तरता दिएको छ । यस दिन नेप्से सूचक ४४.३० विन्दुले बढेर १९८६.९९ अंकमा आइपुगेको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेका सबै उपसमूहहरु हरियाली भएका छन् ।

 मौद्रिक नीतिपछि करिब डेढ महिना लगातारजसो घटेको बजार बल्ल सम्हालिने सम्भावना देखिएको हो । नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो ।

 अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषमा रहेको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको छ । यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो ।

 साेमबार २१२ कम्पनीमा हरियाली छाउँदा ११ कम्पनीका सेयर मूल्य घटेका छन् । पाँचवटा कम्पनीका सेयर मूल्य भने स्थिर रहे ।

 सेयर बजारमा घटबढ भइरहन्छ । यो बजारको सामान्य नियम हो । यसकारण, आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनी छानेर योजनाबद्ध हिसाबले लगानी गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्