गैरआवासीय नेपालीले नेपाली नागरिकता पाउने बाटो खुल्यो



काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ ।

एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो ।

नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन ।

तर १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको स्रोतले जनायो । यद्यपि यसको औपचारिक जानकारी सरकारले सार्वजनिक गरेको छैन ।

त्यसैले यसका व्यवस्थाबारे विस्तृतमा जानकारी हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्