एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी



बुटवल । नेकपा ९एमाले० लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भएका छन् । मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मतले पराजित गर्दै कंडेल विजयी भएका हुन् ।

विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन् । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । ५ पदाधिकारीमध्ये ४ पदमा निर्वाचन भएको थियो ।

भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो । त्यसै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् । उनीसँगै रुपन्देहीका विश्वराज बराल ९अनुप० ले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका छन् । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका छन् ।

त्यस्तै महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए ।

त्यसै गरी लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । उनले प्रतिष्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन् । मंगलबार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कंडेल समूहका हुन् ।

विजयी उम्मेदवारहरुलाई बुधबार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापाले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित कंडेलका पाल्पाका हुन् ।

प्रतिक्रिया दिनुहोस्