लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक बर्दिबासमा जारी



महोत्तरी ।  लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक बर्दिबासमा बसिरहेको छ । बिस्तारित बैठकले मुख्यत: ५ वटा एजेण्डामा छलफल गर्ने लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनालले जानकारी दिए ।

समसामयिक राजनितिक अवस्था, मधेशका मुद्दा  एवं आगामी रणनीतिको विषयमा विशेष गरि केन्द्रित रहने लोसपाले जनाएको छ ।

यही बैठकबाट बुथ समितिसम्मको संगठन निर्माणको कार्यनीति बनाइने र पार्टी संचालनको लागी अर्थनीति एवं केन्द्रीय सर्कुलरअनुसारको लेवीको विषयमा समेत गहन छलफल हुने जनाइएकाे छ ।

अध्यक्ष जितेन्द्र साह सोनालका अनुसार पार्टी एवं सरकारबीचको सम्बन्ध र स्थानीय तह तथा विविध विषयमा छलफल गरिनेछ ।

उक्त विस्तारित बैठकमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरदसिंह भण्डारी, राजेन्द्र महतो लगायतका नेताहरुकाे उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्