वीर अस्पताल सर्जिकल भवनको छैटौं तल्लाबाट खसेका एक पुरुषको मृत्यु



काठमाडौं । वीर अस्पतालको सर्जिकल भवनको छैटौं तल्लाबाट खसेका एक परिचय नखुलेका पुरुषको मृत्यु भएको छ ।

मृतक पुरुष आइतबार बिहान राती अस्पतालको छैटौं तलाबाट हाम फालेर मृत्यु भएको अवस्थामा भेटिएको अस्पतालले जनाएकोछ ।

‘बिहान चार बजेतिर माथिबाट हाम फालेर मृत्यु भएको पाइएको अस्पतालका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार ६ तल्लामाथी वरिपरि सबै बन्द छ, एउटा झ्याल खुल्ला रहेछ । अन्दाजी ३५/४० वर्षका ती मृतक पुरूषको परिचय भने खुलेको छैन ।

अस्पतालको सर्जिकल भवनमा ती व्यक्ति राति २:१५ बजेको समयमा छिरेको देखिएको अस्पताल स्रोतले बतायो । सीसीटीभीमा हेर्दा मृतक फेला परेका व्यक्ती फेटा बाँधेर अस्पतालमा छिरेको देखिएको छ र केही समयपछि ६ तल्लाबाट फुत्त झरेको देखिन्छ ।

खोजतलास गर्दा ति व्यक्ति अस्पतालमा भर्ना भएको बिरामी र कुरूवा हो भन्ने पुष्टी भएन । थप अनुसन्धान भैरहेको र मृतकको सव परहरीले मुचुल्का उठाई तिरभुवन विश्वबिध्यालय शिक्षण अस्पतालमा लगीएको अस्पतालले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्