तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको दाबी



काठमाडौं । मनाङको तिलिचो तालभन्दा पनि अग्लो स्थानमा अर्को ताल फेला पारेको डोल्पाका जनप्रतिनिधिहरुले दाबी गरेका छन् ।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडानम्बर ६ फालगाउँमा तिलिचो ताल रहेको उचाइभन्दा पनि अग्लो स्थानमा नयाँ ताल फेला पारेको सो पालिकाका जनप्रतिनिधिहरुले दाबी गरेका हुन् ।

तिलिचो ताल समुद्र सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा छ । सबैभन्दा उचाइमा रहेको रेकर्ड हालसम्म तिलिचोकै नाममा छ ।

तर डोल्पाको फालगाउँमा भेटिएको ताल समुद्र सतहदेखि ५ हजार १९० मिटर उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष नुर्बु डम्डुल गुरुङले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्