एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ । तर, समय भने अझै खुलाइएको छैन ।

आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सो बैठक बस्ने जनाईएको छ ।

बैठकमा यसअघि केन्द्रीय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको एकीकृत समाजवादीले त्यसको तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि निर्णय हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्