प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । सो बैठक १ बजे बोलाइएको छ ।

संघीय संसद् भवन सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ ।

साथै, सभामुख देवराज घिमिरेले केही नेपाल एेनलाइ संसोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्