खाना पकाउने ग्यासको मूल्य बढ्यो



काठमाडौँ।

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले बिहीबार रातिदेखि लागु हुने गरी प्रतिसिलिन्डरमा २३५ रुपैयाँ वृद्धि गरेको हो

नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डरको मूल्य १ हजार ६६० थियो ।

यस्तै निगमले पेट्रोलियम पदार्थको भाउ पनि बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको हो ।

वृद्धि भएको मूल्य आज मध्यरातिदेखि नै लागू हुनेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्