चुनाव अघि र पछिका नेता



गरेकी ंघरको मतानमा रेडियो झुण्ड्याएर भंैसी दुहुँदै गरेका वीरकाजी समाचार सुनेर छक्कै परे। स्थानीय ठुटे नेताको पहलमा हाँडीगाउँका पा“च सय कार्यकर्ता भद्रगोल पार्टी परित्याग गरी मारमुङ्ग्री पार्टीमा प्रवेश गरेको समाचार प्रसारण भइरहेको थियो। अस्ती मात्रै पनि यही रेडियोबाट हाँडीगाउँका तीन सय कार्यकर्ता चोचोमोचो पार्टी परित्याग गरी भद्रगोल पार्टीमा प्रवेश गरेको समाचार सुनेका थिए वीरकाजीले। त्यसको पहल पनि ठुटे नेताले नै गरेको समाचारमा हवाला दिइएको थियो।

वीरकाजीको ध्यान पनि गलाभरिको माला, दुई÷चारवटा खादा र निधारमा लामो रातो टिका लगाएर कुनै एउटा पार्टी प्रवेश गर्न पाए हुने थियो भन्नेतिर तानियो। तर, फसाद ! उनी त कुनै पार्टीको सदस्य नै पो छैनन् त। आफू कुनै पार्टीको सदस्य नै नभए पछि कुन पार्टी परित्याग गरी कुन पार्टी प्रवेश गर्नु र।

उनलाई याद भएसम्म १८ वर्ष पुगेर नागरिकता बनाएपछि पहिलोपटक भोट हाल्दा गाउँकै उनै ठुटे नेताले भद्रगोल पार्टीको पुतली चिन्ह्रमा भोट हाल्नु है भनेर खल्तीमा पाँच सयको नोट घुसारिदिएका थिए। उनले मतदान केन्द्रमा पुगेर त्यही पुतली चिह्नमा स्वस्तिक छाप ठोकिदिएँ । अर्कोपटक उही ठुटे नेताले खल्तीमा हजारको नोट घुसार्दै मारमुङ्ग्री पार्टीको तबेला चिह्नमा भोट हाल्नु है भनेर सुझाए।

हजारको नोट सम्हाल्दै उनले ती ठुटे नेतालाई सोधेका थिए – हैन अघिल्लो चुनावमा त तपाईले भद्रगोल पार्टीको पुतली चिन्ह्रमा पो भोट हाल्नु भन्नु भएको थियो। अनि अहिले चाहिँ किन मारमुङ्ग्री पार्टीको तबेला चिह्नमा हँ ? ठुटे नेताले सहजै जवाफ फर्काएका थिए– मैले पार्टी फेरें नि यो पटक।

किन ? – उसले आँट गरेरै फेरि सोधेको थियो।

ठुटे नेताले भने – कारण धेरै छन्। निर्वाचनमा टिकटको कुरा, टिकटमा पनि पदको कुरा, पैसाको कुरा, प्रतिष्ठाको कुरा, प्रगतिको कुरा, प्रशंसाको कुरा आदि इत्यादि ।

वीरकाजीले रेडियोको समाचार र ठुटे नेताको सम्झनालाई मिसाएर विश्लेषण ग¥यो र आफैँले जवाफ तयार पा¥यो– ओक्खो यो प्रवेश प्रपञ्च त ठुटे नेताको प्रगति पो रहेछ!

चुनाव सकियो, नतिजा आयो, ठुटे, बुटे, लुटे, झुठेलगायतका नेता विभिन्न निर्वाचन क्षेत्रबाट चुनिए। इमान, जमान, इज्जत, इतिहास भएका नेताहरू जताततै पराजित भए।

चुनावपछि

चुनाव र चुनावको नतिजा पछिका कुनै एक दिन उसैगरी वीरकाजी मतानमा रेडियो झुण्ड्याएर भैंसी दुहँुदै थिए। रेडियोले समाचार फलाक्यो। रेडियोले वीरकाजीकै नाम भन्यो र राष्ट्रपतिबाट मन्त्रीको शपथ लिएको खबर दियो।

चुनावअघि खादा, माला र निधारमा लामो टिका धस्काएर पार्टी प्रवेश गर्ने चाहना बोकेका वीरकाजीको मन बदलियो। अब उनी आफू प्रवेश गर्ने हैन गाउँका जनसंख्याभन्दा बढीलाई ठुटे नेताले जसरी नै एक पार्टीबाट अर्को पार्टीमा रेडियोमार्फत प्रवेश गराउने र मतदाताको खल्तीमा पाँच सय हजारको नोट घुसार्दै चुनाव जितेर मन्त्री हुने रहर जाग्यो।

आखिर चुनाव भनेको के नै रहेछ र! पैसाको खेल न रहेछ।

मनमा पलाएको नयाँ चाहनाले वीरकाजी धेरै रात निदाउन सकेन। अर्को चुनाव कहिले आउला र मतदातालाई रेडियोबाट विभिन्न पार्टी प्रवेश गराउँदै खल्तीमा पैसा घुसारेर चुनाव जित्ने अनि मन्त्री हुने कोरा कल्पनामै हराइ रह्यो उ।

ठुटे नेता मन्त्री भएको केही महिनापछि वीरकाजी उसैगरी मतानमा रेडियो झुण्ड्याएर भैंसी दुहुँदै थियो रेडियोले फेरी ठुटे नेताकै नाम फलाक्यो। तर, योपटक समाचारले ठूटे नेताले कसैलाई प्रवेश गराएको वा उसले मन्त्रीको हैसियतमा कतै रिबन काटेको विवरण सुनाएन बरु ठुटे नेता सुनकाण्डमा जेल गएको विवरण सुनायो।

वीरकाजी झस्कियो। ठुटे नेताले मतदातालाई विभिन्न पार्टी प्रवेश गराएको र निर्वाचनमा पाँच सय हजारको नोट खल्तीमा घुसारिदिँदै सांसद, मन्त्री बनेको तथ्य बुझ्यो। अनि मनमनै प्रतिज्ञा ग¥यो– ओक्खो भो मलाई गलामा माला, खादा र निधारमा टिका धस्काएर कुनै पार्टी प्रवेश गर्नु र चुनाव जितेर सांसद मन्त्री हँुदै जेल जानु रहर छैन बरु यही भैंसी दुहेर जनताको सेवा गर्छु।

प्रतिक्रिया दिनुहोस्