मर्ज भएकै बैंकहरूको एनपीएल धेरै, चौथो त्रैमासमा कसको कति ?



काठमाडौं ।

सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । रिपोर्ट अनुसार बैंकहरुको निष्कृय कर्जा दर (एनपीएल) समग्रमा १२० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १.२२ प्रतिशत रहेको एनपीएल अहिले बढेर २.६९ प्रतिशत पुगेको हो ।

रिपोर्ट अनुसार सबै बैंकहरुको एनपीएल बढेको छ । तर मर्जरमा गएका बैंकहरुको भने एनपीएल अत्याधिकमात्रामा बढेको देख्न सकिन्छ । सबैभन्दा धेरै एनपीएल कुमारी बैंकको रहेको छ । अघिल्लो वर्षको असारसम्म १.११ प्रतिशत रहेको यो दर अहिले बढेर ४.७७ प्रतिशत पुगेको हो । यो ३२९ प्रतिशतको वृद्धि हो ।

कुमारी र एनसीसी बैंक मर्ज भएर कुमारी बैंकको नाममा एकीकृत कारोबार भएको हो । यसको प्रोभिजन बापतको रकम पनि धेरै बढेको छ । जसले गर्दा यस बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक देखिएको छ । दोस्रोमा हिमालयन बैंकको एनपीएल धेरै छ । यसको उक्त दर ४.५७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष १.५९ प्रतिशत थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि निष्कृय कर्जा दर १.४९ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ ।

त्यस्तै, सेन्चुरीलाई गाभेको प्रभु बैंकको पनि एनपीएल १.८६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ । मर्जर भएका बैंकहरुको नाम यो सूचीको शीर्ष स्थानमा रहेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था मजबुत बनाउने भनेर मर्जरको नीति लिएको थियो । तर अहिलेको अवस्था हेर्दा मर्ज भएका बैंकहरुको अवस्था झनै नाजूक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्