राष्ट्र बैंकले घटायो नीतिगत दर, ६.५ प्रतिशत कायम


काठमाडौं ।

राष्ट्र बैंकले नीतिगत दरलाई घटाउने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/ ८१ को माैद्रिक नीति सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

 आन्तरि तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाउने निर्णय गरेको हो । चालु आवको लागि नीतिगत दर ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोलदरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ । बैंकले सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।