रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि



/fdzfx ky l:yt df]6/ ;fOsn rfnsx?sf] cg’dtL kq r]shfFr ub}{ 6«fkmLs k|x/L . tl:a/ c+ub 9sfn . sflGtk’/

रौतहट ।

रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले ट्राफिक राजस्व वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा नियम विपरीत सञ्चालित सवारी साधनलाई गरिएको कारबाहीबाट तीन करोड १० लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको हो । यो राजस्व आर्थिक वर्ष २०७८/०७९ को तुलनामा १ करोड २२ लाख बढी हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम विपरीत चलेका कुल ३८ हजार पाँच सय ८२ सवारी साधनलाई गत आर्थिक वर्ष कारबाही गरिएको हो।
गत आर्थिक वर्ष सवारी दुर्घटनामा झन्डै १० प्रतिशत, घाइतेमा साढे १० प्रतिशत र दुर्घटनामा मृत्यु हुनेमा ३० प्रतिशतले कमी भएको जिल्ला ट्राफिक कार्यालय रौतहटले जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८०मा जिल्लाभरि ६४५ दुर्घटनामा परेर एक हजार ४७ जना मानिस घाइते भएका थिए भने ५० जनाको मृत्यु भएको जनाइएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा जिल्लाभरि कुल ७१३ सवारी दुर्घटनामा परेर ११ सय ७१ जना घाइते र ७२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख विमला कुमारी कठायतका अनुसार गएको आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्