नेपाल एयरलाइन्सले तिर्‍यो न्यारोबडी र वाइडबडीको किस्ता



काठमाडौँ।

नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको असार महिनाको किस्ता तिरेको छ।

एयरलाइन्सले ऋण वापतको ८३ करोड ९ लाख रुपैयाँ किस्ता तिरेको हो।

गत असारदेखी चैतसम्म निगमले २ अर्ब ९४ करोड रुपैयाँ किस्ता भुक्तानी गरेको थियो।

निगमले नियमित र आकस्मिक हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च ब्यहोरेर नगद प्रवाहमा सुधार हुँदै गएको जनाएको छ।

आम्दानीमा सुधार हुँदै गएपछि निगमले दुर्गम स्थलमा उडान गर्ने नयाँ ३ जहाज खरिद गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्