सेयर बजारमा ४७.०७ अंकको वृद्धि



काठमाडौ ।

नयाँ आर्थिक वर्षको पहिलो दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ । नेप्से सूचक ४७.०७ विन्दुले बढेर २१४४.१६ अंकमा आएको छ। सूचकमा आकर्षक वृद्धिपछि नेप्सेले सजिलै २१ सय विन्दुलाई पार गर्न सफल भएको हो ।

३ वटा कम्पनी सकारात्मक सर्किट तहमा कारोबार हुँदा २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम भने औसतमा हो । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह बढेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ । वाणिज्य बैंक समूह पनि बढेको छ ।

यस दिन २५७ कम्पनीको ७६ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्याेरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस्