यार्सागुम्बाबाट मुगुमा ४५ लाख राजश्व संकलन



मुगु

मुगुम कार्मारोङ गाउँपालिकाले यो वर्ष यार्सागुम्बाबाट ४५ लाख राजश्व संकलन गरेको छ । कोरोना महामारीले चार वर्षदेखि शून्य रहेको यार्साको राजश्व यो पटक ४५ लाख उठाउन सफल भएको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।

यार्सागुम्बा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई २ हजार ५ सय र जिल्लाबासीलाई २ हजार राजश्व असुली गरिएको मुगुम कार्मारोगं गाउपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाको भनाइ छ ।

कोरोना महामारीका कारण चार वर्षसम्म यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाएको कार्मारोङ गाउँपालिकाले यो वर्ष स्थानीयलाई संकलन कार्यको अनुमति दिएपछि ४५ लाख राजश्व असुली भएको हो ।

यार्सागुम्बाबाट उठेको राजश्व पालिकाले विकास निर्माणमा खर्च गर्ने गरेको छ । जिल्लाको चार वटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा गरिब स्थानीयको मुख्य आयस्रोत मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्