आइतबार सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?



काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य उकालो लागेको छ।

आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्