विगेन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न



काठमाडौं । विगेन नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा ८ओै वार्षिकोत्सब भव्य रूपमा मनाएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना गरि संस्थाले वार्षिकोत्सब मनाएको हो ।

आठौं वार्षिकोत्सवमा थर्मल थेरापीसँग सम्बन्धित विभिन्न व्यक्तिहरूलाई सम्मानित पनि गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विगेन नेपालको थर्मल थेरापी सेवालई अन्य शहरहरूमा विस्तार गरी सहयोग गर्ने युवाहरूलाई सम्मान गरिएको हो ।

विगेनले दैनिक हजारौलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । देशका ७७ जिल्लामै सेवा विस्तार गर्ने तयारीमा विगेन नेपाल छ । हाल ५८ वटा थर्मल थेरापी सेन्टरबाट करिब साढे १२ हजारले दैनिक सेवा लिँदै आएको विगेन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले संस्थाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । सन् १९९५ मा दक्षीण कोरियाबाट शुरू भएको यो उपचार विधि हाल १ सय भन्दा बढी देशमा पुगेको छ । नेपालमा यने उपचार पद्धती ०७२ सालबाट भित्राइएको हो ।

प्रतिक्रिया दिनुहोस्