सेयर बजार सामान्य अंकले घट्याे



काठमाडौ ।

सेयर बजार सामान्य अंकले ओरालाे लागेकाे छ । बिहीबार नेप्से सूचक ०.०६ विन्दुले घटेर २०४९.३८ अंकमा अडियो ।  ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भयो ।

समग्रमा सेयर बजारमा असार मसान्तको दबाबसँगै आगामी मौद्रिक नीतिको कौतुहलताले पनि प्रभाव पारेको देखिन्छ ।

यस दिन २८० कम्पनीको ९७ लाख ५१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक संस्थापक र हिमालयन लाइफ इन्स्याेरेन्स परेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्