महिनौँसम्म तलब नपाएपछि वीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारी धर्नामा



A view of BP Koirala Memorial Cancer Hospital in Bharatpur, Chitwan, June 12, 2016. Photo: THT

चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यरत कर्मचारीले महिनौँसम्म तलब नपाएपछि आन्दोलित भएका छन् ।

बैशाखदेखि तलब नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कर्मचारीले केहीबेर अघिदेखि अस्वताल प्रशासन घेराउ गरेका थिए ।

कार्यकारी निर्देशक नियुक्ति नहुनु, कर्मचारीले तलब नपाउनु, फार्मेसीमा औषधिको अभाव हुनुले आफूरूलाई काम गर्न र विरामी उपचारमा समस्या देखिएको भन्दै धर्ना दिएका हुन् ।

तीन महिनायता तलब नपाएपछि आफूहरू काम गर्ने मनस्थितमा नभएको एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस्