सेयर बजार २१.३२ अंकले घट्याे


काठमाडौँ।

 सेयर बजार २१.३२ अंकले घटेकाे छ । साेमबार नेप्से सूचक  २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा अडिएको छ । ४ अर्ब भन्दा बढीको सेयर कारोबार हुँदा ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सूचकसहित कारोबार रकम पनि केही प्रभावित भएको देखिन्छ ।

सोमबार बजार निकै अस्थिर पनि देखियो । छिनछिनमै सूचक हरियो र रातो बनिरहने प्रवृत्ति हावी भयो । यसले बजार केही अस्थिर रहेको र यसले निश्चित गति समाउन नसकेको देखाउँछ ।

 यस दिन २७६ कम्पनीको ९४ लाख १८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड ९४ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र नागरिक लगानी कोष परेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।