सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

इच्छुक लगानीकर्ताले ३५ दिनभित्र सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल वा सूर्योदय वोमी लघुवित्तको कर्पोरेट कार्यालय महालक्ष्मी–४, इमाडोल, ललितपुरमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्