सुनको मूल्य बढ्याे, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ। आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार तोलामा छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनचादीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ लाख ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्