धादिङमा बस दुर्घटना : एकको मृत्यु, १३ जना घाइते 


धादिङ। 

काठमाडौँबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छी गाउँपालिका ७ गल्छीमा दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्  ।

एआर ०६ ई ७०३१ नम्बरको बस   गल्छी मोडमा काठमाडौँ जाँदै गरेको ना ६ ख ४९४० नम्बरको कन्टेनर ट्रकलाई ठक्कर दिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

उक्त  बसमा ३० जना सवार थिए । तीमध्ये केही घाइते भएका र उनीहरुलाई गल्छीको अम्बी भरोसा  अस्पताल उपचार भइरहेको छ  । घाइतेहरुमध्ये भारतको राजस्थानको १२ वर्षका एक बालककाे मृत्यु भएको छ  ।

बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।