तपाईं आफूले आफूलाई चिन्नुहोस्



हरेक मानिसको एउटा बानी हुन्छ । ऊ कुनै न कुनै चीजका पछि दौडिरहेको हुन्छ । दौडिनु त तपाईँले छ । तर, कतातिर दौडिनुहुन्छ ? कसका पछि लाग्नुहुन्छ ? एकजना त तपाईँको हृदयमा बसेका छन् । जुन चीजले तपाईँलाई दुःखी तुल्याउँथ्यो त्यो त रहन्छ नै । तथापि, ती सृष्टिकर्तासँग आफ्नो सम्बन्ध गाँस्नुहुन्छ, उनीसँग जोडिनुहुन्छ भने त्यो चीजबाट तपाईँले दुःखी हुनुपर्दैन । यसको अर्थ के हो भने यदि तपाईँले आफ्नो बुबासँग जति प्रेम गरे पनि उहाँ यो संसारबाट कहिल्यै बिदा हुनुहुन्न भन्ने हुँदैन । होइन, उहाँले बिदा लिनुपर्ने हुन्छ । यो त संसारको रीत नै हो । तपाईँलाई दुःखी तुल्याउने चीजहरूलाई तपाईँले रोकेमा दुःख हुँदैन भन्ने ठान्नुहुन्छ । निकै कोशिश पनि गर्नुहुन्छ । ती कुरालाई रोक्नका लागि आफ्नो सारा समयलाई खर्चिनुहुन्छ । यदि तपाईँले आफ्ना सृष्टिकर्तासँग नाता गाँस्नुभएको छ भने ती चीजका लागि तपाईँले आफ्नो समय खेर फाल्नु आवश्यक छैन । त्यसो हो भने कसलाई चाहिँ विद्वान् भन्ने त ! जसले सुख वा दुःखको दुवै अवस्थालाई समान रूपमा लिन्छ उसैलाई विद्वान् भनिन्छ । वास्तवमा उसलाई ‘न सुख रहन्छ, न त दुःख नै रहिरहन्छ’ भन्ने कुराका बारेमा थाहा छ । यदि तपाईँ दुःखी हुनुहुन्छ भने केही समय प्रतीक्षा गर्नुहोस् । सुख आउनेछ । जब सुख जान्छ त्यसपछि केही समय प्रतीक्षा गरेमा दुःख आउने कुरा पनि निश्चित नै हुन्छ । यो त चर्खाको पाङ्ग्राजस्तै चलिरहने चक्र हो ।

हिजोआज मानिसहरू त पानी नै नपरिदिए हुन्थ्यो भनेजसरी निकै कोशिश गर्छन् । सन्त–महात्माको भनाइ के छ भने, पानी त अवश्य पर्छ तर आफ्नो साथमा छाता बोकेको हुनुपर्छ । एउटा स्थान छ जहाँ वास्तवमा तपाईँ कहिल्यै पनि जानुहुन्न । त्यहाँ पनि जानुहोस् ! त्यो कुन ठाउँ हो ? त्यो तपाईँभित्रको स्वर्ग हो । यो तपाईँमै निर्भर रहने कुरा हो, यदि आपूmले आपूmलाई चिन्नुभयो भने के हुन्छ ! यदि आपूmले आपूmलाई चिन्नुभयो भने जीवित अवस्थामै तपाईँले स्वर्गको अनुभव गर्न सक्नुहुन्छ ।

एकपटक एउटा जेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्नका लागि जानुपर्ने भयो । त्यहाँ एकजना व्यक्तिले भने, ‘यहाँ जेलमा त सबै कुरा नराम्रो मात्रै छ ।’ वास्तवमा खराबी कहाँदेखि आउँछ ? जेलमा भएको माहोल पनि जेलको होइन । त्यहाँ बस्ने मानिसका कारणले त्यो अवस्था सिर्जना हुने हो । तर, बिस्तारै–बिस्तारै तिनको ध्यान अरू कुराबाट हटेर कुनै राम्रो चीजतिर केन्द्रित भएपछि त्यही माहोल राम्रो हुन थाल्छ । वास्तवमा जेलमा गएपछि उसले सबैभन्दा पहिला कसप्रति आरोप लगाउँछ ? प्रहरीलाई दोष दिन्छ । न्यायाधीशप्रति दोष थोपरिदिन्छ । आफ्नो परिवारलाई दोषी ठान्छ । सरकारलाई दोषी ठह¥याउँछ । सबैलाई दोष दिन्छ तर आपूmले आपूmलाई चाहिँ दोष दिँदैन । बिस्तारै–बिस्तारै जब उसको ध्यान आपूmतिर केन्द्रित हुन थाल्छ त्यसपछि उसले दुईवटा कुरा प्राप्त गर्छ । पहिलो– जुन घटना भयो त्यो गर्नु नहुने काम थियो । यो खुशीको खबर त होइन । अर्को कुराचाहिँ खुशीको खबर हो । वास्तवमा तपाईँ प्रहरीको विचारलाई फेर्न त सक्नुहुन्न । तपाईँ सरकारलाई फेर्न सक्नुहुन्न । न्यायाधीशलाई बदल्न सक्नुहुन्न । कानुनलाई पनि संशोधन गर्न सक्नुहुन्न तर आपूmले आपूmलाई चाहिँ अवश्य बदल्न सक्नुहुन्छ । तपाईँ बुझ्न सक्नुहुन्छ, चिन्न सक्नुहुन्छ अनि आफ्नो जीवनमा हरेक दिन त्यो आनन्दलाई अनुभव गर्न सक्नुहुन्छ । यो सम्भव छ ।

यो अँध्यारो संसारमा एउटा सानो दियोले यो निस्पट्ट अन्धकारलाई नाश गर्न सक्ने खुबी राख्छ । प्रकाश नै नभएको स्थानमा यदि एउटा सानो दियोलाई बालिदिने हो भने त्यसको प्रकाश टाढासम्म पनि देखिन सक्छ । त्यस्तै, यदि जीवनमा अँध्यारो उत्पन्न भयो भने प्रकाशको खाँचो महसुस हुन्छ किनभने तपाईँले चीजहरूलाई देख्न सक्नुपर्छ । प्रकाश नभएको अवस्थामा कहाँ खाडल छ, कहाँ ढुङ्गो छ, बाटो कतातिर जान्छ अर्थात् कहाँबाटै छैन भन्ने कुरा नै देख्न सकिँदैन । यदि बाटो देख्न सकिएन भने तपाईँ भड्किनुहुनेछ । कहिले यता अल्झिनुहुन्छ, कहिले उता ठोक्किन पुग्नुहुन्छ । तपाईँ जहाँ जानुभए पनि दुःख नै पाउनुहुन्छ । कहिले श्रीमतीले दुःख दिन्छिन् । कहिले छोराले दुःखी बनाइदिन्छ । कहिले हाकिमले दुःख दिन्छ । हामी त यी सबै कुराबाट सुख प्राप्त हुन्छ भनेर सोच्छौँ तर तिनैबाट दुःख प्राप्त भइरहेको हुन्छ ।
तपाईँ आफ्नो घरबाट निस्कनुहुन्छ तर बाटैमा मोटरबाइक बिग्रन पुग्छ । त्यसपछि तपाईँलाई त्यो दिन खराब रहेछ भन्ने लाग्छ । आफ्नो अफिसमा तीन घण्टा ढिलो पुग्नुहुन्छ । तत्पश्चात् तपाईँका हाकिमले आएर भन्छन्– ‘तपाईँलाई जागिरबाट निष्कासन गरिनेछ ।’ अनि, तपाईँलाई के लाग्छ भने आजको दिन साँच्चै नराम्रो दिन रहेछ ।

के यी अनेकन् समस्या तपाईँ जन्मनासाथ उत्पन्न भएका हुन् या त्यो समस्याले तपाईँभन्दा पहिला अरू कसैलाई सताइरहेको थियो त ? तपाईँलाई थाहा हुनुपर्छ, यसअघि कैयौँ स्कुटर, कैयौँ मोटरबाइक बिग्रिसकेका होलान् । कैयौँ मानिसलाई तिनको रोजगारीबाट बर्खास्त गरिएका होलान् । कैयौँ पटक मानिसहरूको घरमा ग्यास नभएका कारण समस्या उत्पन्न भएको हुन सक्छ । यी सबै कुरा पहिलादेखि नै यहाँ भइसकेका छन् । दुःख सहनेहरूमा तपाईँको नाम पहिलो नम्बरमा आएको हुँदै होइन । तपाईँभन्दा पहिला धेरै मानिसहरूले दुःख भोगिसकेका छन् । अहिले तपाईँमाथि घटेको घटना तपाईँभन्दा पहिला धेरै मानिसहरूको जीवनमा घटिसकेको छ । यदि यसो हो भने के अहिले तपाईँको पालो हो त ? यसकारण तपाईँको जीवन सुखदायी हुनुपर्छ या दुःखपूर्ण हुनुपर्छ भन्ने कुरा तपाईँमै निर्भर रहन्छ । यी दुवै कुरा सम्भव छ ।

यदि तपाईँले आपूmले आपूmलाई चिन्नुभएन भने तपाईँ दुःखी हुनुहुनेछ । आपूmले आपूmलाई चिन्नुभयो भने तपाईँ सुखी हुनुहुनेछ । धेरै वर्षअघि सुकरातले पनि यही कुरा भनेका थिए । कबिरदासले पनि यही कुरा बताएका छन् । कैयौँ सन्त, महात्मा, विद्वान्हरूले पनि यही कुरा भनेका छन्– ‘आपूmले आपूmलाई चिन्नुहोस् ।’

मानिसले सोध्ने गर्छन्, ‘कहाँ पाइन्छ ?’ तपाईँभित्र क्रोध छ भन्ने कुरालाई स्वीकार गर्नका लागि त सबै तयार हुन्छन् तर तपाईँभित्रै शान्ति छ भन्ने कुरालाई स्वीकार गर्नका लागि चाहिँ कोही तयारै हुँदैनन् । तपाईँभित्र ती सृष्टिकर्ता छन् तर यस कुरालाई स्वीकार गर्नका लागि सबैजना तयार हुनै सक्दैनन् । तथापि, यो कुरालाई बुझ्नु आवश्यक छ । रिस छ भन्ने कुरा तपाईँलाई थाहा छ, किनभने तपाईँ रिसाहा भइसक्नुभएको छ । शान्ति छ तर यो कुरा तपाईँलाई थाहै छैन, किनकि तपाईँले त्यो शान्तिको अनुभव नै गर्नुभएको छैन । जसले अनुभव गरेका छन् तिनलाई त थाहा छ । जसले अनुभव गरेकै छैनन्, तिनलाई थाहा नै छैन । अनुभव नभएसम्म त तपाईँले कसरी बुझ्न सक्नुहुन्छ र ! अतः तपाईँ पटक्कै कमजोर हुनुहुन्न, तपाईँभित्र ठूलो शक्ति छ ।

तपाईँका सामुमा जुनसुकै समस्या आए पनि सबैभन्दा ठूलो कुरा त हिम्मत नहार्नुहोस् । एउटा विचारणीय कुरा के हो भने, तपाईँ त्यो समस्याभन्दा ठूलो हुनुहुन्छ । हेर्ने नै हो भने कमिलाले समेत आफ्नो हिम्मत हार्दैन । उसले पनि के सोच्छ भने, म यो मान्छेलाई टोक्छु, त्यसपछि यो व्यक्ति पछाडि हट्नेछ । अनि त्यस्तै नै हुन्छ पनि । आफ्नो जीवनमा आपूmले आपूmलाई बुझ्नुहोस् । आपूmले आपूmलाई चिन्नुहोस् । तपाईँको हृदयमा स्थित शान्तिको अनुभव गर्नुहोस् ।

यदि हामीलाई पानीको आवश्यकता पर्छ, पानी प्राप्त गर्ने प्यास जाग्छ अनि हामी पानी खोज्न थाल्छौँ, पानीको स्रोतलाई खोज्न थाल्छौँ । कुवा, नदी या झरनालाई खोज्न थाल्छौँ । त्यस्तै गरेर यो कुरालाई बुझ्नु आवश्यक छः जुन चीजलाई हामी खोजिरहेका छौँ, हामी जीवनमा जुन सुखलाई चाहन्छौँ, त्यो कहाँ छ ? त्यो चीज, त्यो सुख हामीभित्रै छ । तर, हामी त्यसलाई बाहिर खोजिरहेका छौँ ।

हामी सोच्छौँ, हाम्रो उन्नति भयो भने हामीलाई सुख–शान्ति प्राप्त हुनेछ । तर, हाम्रो हृदयले खोजेको सुख त्यो सुख होइन । त्यो सुख फरक छ । यदि हामीले– ‘मलाई पारिवारिक सुख प्राप्त भएपछि मेरो हृदयलाई आनन्द हुनेछ’ भनेर भनिरहन थाल्यौँ भने यो कुरा पनि गलत हो । बाहिरका सबै सुख हुँदाहुँदै पनि एउटा यस्तो सुख छ, जसलाई नजानी, नबुझीकन मानिसको जीवन अधुरो हुन्छ । आन्तरिक सुखको चाहनारूपी बीउलाई सृष्टिकर्ताले तपाईँको हृदयमा राखेका छन्– साँचो सुख र शान्तिलाई कहाँ छ भनेर खोज्नुहोस्, जान्नुहोस् अनि पहिचान गर्नुहोस् भनेर ।

हृदयलाई हरेक दिन, हरेक क्षण शान्तिको आवश्यकता छ । मानिसहरू शान्तिको कुरा गर्छन् । भन्छन्, ‘विश्वमा शान्ति हुनुपर्छ ।’ म भन्छु, विश्वमा शान्ति होइन, तपाईँको हृदयमा शान्ति हुनुपर्छ । विश्वलाई शान्ति चाहिएको कहाँ हो र ? विश्वमा को छन् ? मानिस नै त छन् ! अरू को छन् ?

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण :  डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्