बिहीवार सुनको मूल्य ८०० सय रुपैयाँले घट्यो, प्रतिताेला कति पुग्याे ?



काठमाडौं । 

बिहीबार सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार घएको छापावाल सुनको भाउ बिहीबार घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो ।

त्यस्तै, तेजावी सुन यसअघि प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार हुनेछ ।  यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेको महासङ्घले जनाएको छ ।बुधबार प्रतितोला १ हजार ४२५ रुपैयाँ पर्ने चाँदीलाई बिहीबार १ हजार ४०५ रुपैयाँ मात्रै पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्