हत्या र मानवबेचविखन घटनाका आरोपितलाई थुनामा राख्न आदेश



धादिङ । 

गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमारहेको सानदार होटलमा खाजा खान गएका युवकको हत्या गरेको र मानव बेचविखन तथा ओसार पसार आरोप   लागेका तिनजनालाई जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला अदालतमा तिन दिनसम्म बयान र थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश  गीता श्रेष्ठको इजलासले आरोपितहरूलाई थुनामाराख्न आदेश दिएको  हो ।

गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा होटल सञ्चालन गर्नुभएका सरस्वती पनेरु पण्डितलाई दुई वटा  मानवमेचविखन तथा ओसारपार सम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागारमाराख्न आदेश गरिएको जिल्ला अदालतका स्रेस्तादार खुम भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी गल्छी गाउँपालिका वडा नम्बर ८ कटलपौवाका विनोद थापा मगरको हत्यामा संलग्न भएको आरोप लागेका गल्छी गाउँपालिका वडा नम्बर ८ का निरज पण्डित, उनकी आमा सानदार होटलकी संचालक सरस्वती पनेरुपंडित र टेलिकमका इन्जिनियर  पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १४ का किरन रानालाई जिल्ला अदालतका न्यायधिस श्रेष्ठको आदेशले पुर्पक्षका लागि थुनामापठाइएको हो ।

आरोपित सरस्वती पनेरु पण्डितले सञ्चालन गरेको सानदार होटलमा मानवबेचविखन, वेश्यावृत्ति र ओसारपसारका  गतिविधि भएको भन्दै स्थानीय बासीले होटलमा हत्याकाण्ड भएपछि आरोप लगाएका थिए । हत्या घटनापछि सानदार होटलको सवारी साधन कार, होटल भवन र कपडा तथा भाँडाकुँडा समेत स्थानीयवासीले आगजनी गर्दै नष्ट गरेका थिए ।

आरोपितहरुले वैशाख २७ गते राती हत्या गरिएको थापामगरको २८ गते काठमाण्डौस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो। आरोपितहरुविरद्ध इलाका  प्रहरी कार्यालय गजुरीमा पीडित पक्षले वैशाख २८ गते उजुरी दर्ता गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्