माओवादी केन्द्रले मधेस प्रदेशसभा बैठक बहिष्कार गर्ने



जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)ले मधेस प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ ।

उसले आज (बिहीबार) दिउँसो १ बजे बस्ने उक्त बैठक बहिष्कार गर्ने भएको हो ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुँदैछ ।

उक्त छलफलमा सहभागी नहुने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले सरकारले छलफल नै नगरी मनपरी ढंगले नीति तथा कार्यक्रम ल्याएकोले भन्दै बहिस्कार गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्