निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै



काठमाडौं । निर्वाचन आयोगले पाँच राजनीतिक दलसँग छलफल गर्ने भएको छ । आयोगले भोलि (शुक्रबार) विहान ११ बजे छलफल गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

शर्माले आयोगका पाँच विषयमा छलफलका लागि उनीहरूलाई बोलाएको बताए । जिल्ला निर्वाचन कार्यालय खारेज, आयोगले तर्जुमा गरेको निर्वाचन कानुन विधेयक, मदतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी साउनदेखि मतदाता नामावलीमा समेट्ने र राजनीतिक दलहरूको लेखापरीक्षण सम्बन्धमा छलफल हुनेछ बताइएको छ ।

जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा ७ जिल्लाबाहेक ७० जिल्लाका निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्