१ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य, प्रतिताेला कति ?



काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालो लागेको छ। सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावपाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्