साेमबार चाँदीको मूल्य घट्याे, सुनकाे मूल्य कति ?


काठमाडौं ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले साेमबारको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो ।

साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । आइतबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, साेमबार चाँदीको मूल्य भने घटेको छ । महासंघले साेमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ ।  आइतबार यसको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।