पाटनमा मेयर तथा उप–मेयरकप क्रिकेट हुने



बैतडी । बैतडीको पाटन नगरपालिकामा मेयर तथा उप–मेयर कप टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । पाटन क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितामा नगरपालिकाभित्र रहेका क्लब तथा समूहको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी हुन चाहने क्लबहरुलाई यहि जेठ ३ गतेभित्र सम्बन्धित वडाको सिफारिशमा टिम दर्ता गरीसक्नु पर्ने नगरपालिकाले जनाएको छ । पाटन क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगिताको मिति अझै टुंगो लाग्न भने बाँकी रहेको छ ।

नगरपालिकाको आर्थिक सहयोग र पाटन क्रिकेट क्लबको प्राबिधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन गइरहेको प्रतियोगिताको पुरस्कार राशीको पनि टुंगो लाग्न बाँकी छ । टिम दर्ता भएपछि पुरस्कार राशी र मिति घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्