आइतवार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।

नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा ८०० रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँकायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोही मूल्यमा शुक्रबार पनि सुन किनबेच भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्