तीन कम्पनीको सेयर नेप्सेमा सूचिकृत



काठमाडौं  । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको करिब साढे २० लाख कित्ता सेयर थपिएको छ ।  नेप्सेमा ज्योति विकास बैंक, ग्लोबल आइएमई लघुवित्त र नेपाल ल्युब आयलको २० लाख ४० हजार ९९७.१८१२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

ज्योति विकास बैंकको १२ लाख ८० हजार ३२५.९९ कित्ता, ग्लोबल आइएमई लघुवित्तको ६ लाख ६३ हजार १०७.१९१२ कित्ता र नेपाल ल्युब आयलको ९७ हजार ५६४ कित्ता शेयर रहेका छन् ।  तीनै कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

२०७८–७९ का लागि ज्योति विकास बैंकले तीन प्रतिशत, ग्लोबल आइएमई लघुवित्तले १२ प्रतिशत र नेपाल ल्युब आयलले २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्