बिहीबार सुनको मूल्यको नयाँ कीर्तिमान, कति पुग्यो ?



काठमाडौं ।

सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान राखेको छ । बुधबारको तुलनामा तोलामा १ हजार २०० रुपैयाँ बढेर बिहीबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यो हालसम्मकै उच्च हो । यसअघि गत २२ चैतमा सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँको पुगेको थियो । बुधबार छापालवाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्