नेपाल रेमिट र सहारा नेपालबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

८० भन्दा बढी शाखामार्फत भुक्तानी लिन सकिने



काठमाडौँ । 

विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याइरहेको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र सहारा नेपालबचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’का वीचमा  रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब विदेशबाट नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहारा नेपाल‘साकोस’कापूर्वी नेपालमा रहेका ८० भन्दा बढी  शाखाबाट सहजै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट डिजिएम देवबहादुर थापा र सहाराको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले मंगलबार हस्ताक्षर गर्नुभयो ।

विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.ले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । विशेष गरी डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै  आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइममा नै बैँक डिपोजिट हुने व्यवस्था मिलाएको छ भने देशभर रहेका १५ हजार भन्दा बढी एजेन्ट नेटवर्क मार्फत सहजै रेमिट्यान्स् भुक्तानी लिन सकिन्छ ।

सहारा बचत तथा ऋण सहकारी संस्थालिमिटेड ‘साकोस’ले आफ्ना सदस्यहरूलाई बैंकिङ तथा वित्तीय सेवाहरू उपलब्ध गराउँछ। यसले पूर्वी नेपालका विभिन्न जिल्लामा ८० भन्दा बढी शाखामार्फत बैंकिङ्ग सेवाप्रदा नगर्दै आएको छ । साकोसले बचत खाता, ऋण,बीमा तथा रेमिट्यान्स् लगायतका सेवा प्रदान गर्दै  आएको छ ।

प्रतिक्रिया दिनुहोस्