महुली लघुवित्तको सेयर खरिद गर्ने आज अन्तिम दिन



काठमाडौं ।

महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत २८ गते अन्तिम दिन हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्नेछ । जसअनुसार १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २९ गते बुक क्लोज गर्दैछ । तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ । लाभांश पारित गर्न यस संस्थाको वार्षिक साधारण सभा वैशाख ९ गते बस्दैछ ।

सभामा अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने छ । यता, प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुने एजेन्डा रहेको कम्पनीले जानाएको छ । साधारण सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्