नेरूडे र मिर्मिरे लघुवित्त मर्ज हुँदै



काठमाडौं ।

नेरूडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आगामी नयाँ वर्ष २०८० सालको वैशाख १० गते मर्जर प्रस्ताव पारित गर्ने भएको छन् ।

यी दुई कम्पनीले गत पुस ११ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेको र विशेष साधारण सभामार्फत् मर्जर प्रस्तावलाई स्वीकृति दिन लागेका हुन । नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको मोरङ्ग जिल्लाको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको काभ्रे जिल्ला बनेपामा केन्द्रिय कार्यालय रहेको छ । यि दुबै संस्था मर्ज हुन लागेका हुन् ।

मर्जर प्रक्रिया सम्पन्न गर्न आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय दुबै कम्पनीले गर्नेछन् । हाल नेरूडे लघुवित्तको चुक्तापूँजी ७३ करोड २० लाख कायम भएको छ । त्यस्तै मिर्मिरे लघुवित्तको चुक्तापूँजी पनि हाल ६५ करोड ३३ लाख ८२ हजार कायम भएको छ ।

उक्त बोनस सेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत हुन बाँकी छ । समान हैसियतमा मर्जरमा जान लागेकाले दुबै कम्पनी एकिकृत कारोबारपछि चुक्तापूँजी १ अर्ब ३८ करोड ५३ लाख ८२ हजार कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्