महालक्ष्मी विकास बैंकले २९ चैतबाट ऋणपत्र निष्कासन गर्ने



काठमाडौं ।

महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले १० लाख इकाई ऋणपत्र प्रतिइकाई १ हजार रुपैयाँको दरले जारी गर्न लागेको हो ।

यसमध्ये ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ। बाँकी ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । उक्त सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये २० हजार इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ भने यस ऋणपत्रमा २०८० वैशाख ४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख १३ गतेसम्म खुला रहनेछ ।

महालक्ष्मी विकास बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । बैंकका अनुसार यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने छ ।  न्यूनतम २५ इकाईदेखि अधिकतम ४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्