आर्टिटेक्चरलाई जनता र सौन्दर्यको ज्ञान हुनुपर्छ : इञ्जिनियर रिमाल



इञ्जिनियर शंकर नाथ रिमाल वर्षले ८० बढी उमेरको हुनुहुन्छ । रिमाल ८० को दशकमा पनि निकै फुर्तिला र जागरिला हुनुहुन्छ । उहाँ फुर्सदको समयमा विभिन्न निर्जीव वस्तु तथा सजिव प्राणीलाई आफ्नो सुन्दर कलामा अनुवाद गर्नुहुन्छ । यतिमात्रै होइन, ४० र ५० को दशमा उहाँले आफ्नो कलालाई निकै सुन्दर अनुवाद गर्नुहुन्थ्यो । यद्यपि उहाँलाई आज यो धुमिल सपना जस्तै लाग्छ । उहाँ त्यही दशक सम्झेर बारम्बार इतिहासको स्मरण गर्नुहुन्छ, रिमाल । आज पनि आफ्नो कलालाई जीवितरूप दिन पछि नपर्ने इञ्जिनियर तथा कलाकार रिमालसँग परीक्षा कोइरालाले गरेको संवादको सम्पादित अंश:

पेशागत रुपमा यहाँले ६ दशकभन्दा बढी इञ्जिनियरिङ्ग सेवामा बिताउनु भयो, त्यसका उतारचढावका विषयमा केही बताइदिनु हुन्छ कि ?

मैले इञ्जिनियरिङ्ग पास गर्दा राजा महेन्द्रको शासन थियो । उनको देशप्रति केही गर्ने र गराउने उत्साह थियो । राजनीतिका कारणले देशमा असर पर्छ नै । उनले भने, होटेल सोल्टी, नेपाल प्रज्ञा प्रतिष्ठान, नारायणहिटी (पछिको), अमृत साइन्स कलेज, शान्ति गृह, शारदा सदन, नेपाल राष्ट्र बैंक आदि डिजाइन गरे । राजा महेन्द्रको अल्पआयुमा मृत्यु भयो ।

त्यसपछि राजा वीरेन्द्रले विदेशी गुरुहरुको सल्लाह लिँदा नेपालको संरचनामा परम्परा राख्नुपर्छ भन्ने कुरा भयो । यसले नेपाल जस्तो अल्पविकसित देशको विकाश कुण्ठित भयो । निर्माण भनेको खर्च मात्र हो, आम्दानी आउँदैन भन्ने भयो । नेपालको १७ वटा पुल बनाउने काम विदेशी र भारतीयले पाए । जुन उनीहरुले ३० वर्षमा पूरा गरे । नेपालले आफै पुल बनाएको भए २ वर्षमा बनाइ सक्थियो । हाम्रो देशमा पदीय खिचातानीले बन्दै गरेको प्रोजक्टमा पनि बजेट निकासा रोक्किएको छ ।

 राजा महेन्द्र, राजा वीरेन्द्रको समयमा गर्ने कामका सम्बन्धमा के कति फरक पाउनु भयो ?

राजा महेन्द्रको पालामा धेरै उत्साहले काम गरे । उनले पहिले छोरीको घर डिजाइनको नक्सा दिए तर, पछि विश्वास गरेर भने तिमी आफै गर भने । मैले काम गरेर लान्थे, सामान्य सुझाव दिन्थे, खुशी हुन्थे । वीरेन्द्रको पालामा पनि काम गरे तर साधारण जस्तै जनकपुर चुरोट कारखाना महेन्द्रले आफैँ काम दिन्थे भने वीरेन्द्रले काम आफैँ खोज भन्थे । पृथ्वीनारायण शाहपछि दुरदर्शिता भएको राजा महेन्द्र नै हुन् ।

 इन्जिनियरिङ्ग कला मात्र हो कि प्रविधिमात्र हो कि सिप कि सिल्प अथवा सबै ?

पेंटिंग स्वच्छ आर्ट हो । आर्टिटेक्चर भनेको वस्तुशास्त्र हो । यो अप्लाइड आर्ट हो । इञ्जिनियारिङ्ग पनि अप्लाइड आर्ट हो, तर धेरै प्रविधि मिसिएको छ । आर्टिटेक्चर बढी कलासँग र अलिअलि कलासँग सम्बन्धित हुन्छ । इञ्जिनियरले बढी प्रविधि बुझ्नु पर्छ। इन्जिनियरलाई आर्टिटेक्चरको कुरा बनाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा ज्ञान हुनुपर्छ । आर्टिटेक्चरलाई जनता र सौंन्दर्यको ज्ञान हुनुपर्छ । मैले आर्टिटेक्ट आफैले किताब पढेर सिकेको हो । तर, पनि म जति आर्टिटेक्टमा ज्ञान भएको व्यक्ति नेपालमा कमै होला । मेरो ५०० बाट आर्टटेक्टको किताबमध्ये ४०० हरायो ।

४ कलामा रुचि कहिलेदेखि भयाे ?

लैनसिंह वाङदेल सरको प्रेरणाले २०४६ सालमा आर्ट गर्न शुरु गरेको हो । दुई र तीन सय पन्टिंग गरेको छु । विदेशीले दुई र चार वटा पन्टिंग किनेका छन् ।

 यहाँले गर्नु भएको डिजाइनहरु मध्येमा सबैभन्दा मन परेको डिजाइन कुन हो ?

आफूले बनाएको डिजाइन त सबै आफुलै मन पर्छ । तर, अरुले मन पराएको डिजाइनमा बागबजारमा रहेको अंगुरबाबा जोशीको खुट्टेघर, अहिले पुल्चोकको इन्जिनियरिङ्ग क्याम्पसमा राखिएको उड्ने घर हो । सिंहदरबारभित्र रहेको पहिलेको परराष्ट्र मन्त्रालयको भवन, शहिद गेट, प्रज्ञा प्रतिष्ठान, दियालो बंगला (महेन्द्रको स्वर्गारोहण भएको बंगला), देवघाट सन्यास आश्रम, पशुपति यज्ञशाला, चन्द्रागिरी भालेश्वर मन्दिर आदि ।
नेपाल एकेडेमी भवनको नक्सा बनाउँदा आज पनि त्यो त्यतिकै आधुनिक हामीलाई लाग्छ, यहाँलाई कस्तो लाग्छ ?

मुख्य कुरा कलाको कुरा आधारभूतमा रहेर डिजाइन गरेमा त्यो सधैँ जीवन्त रहन्छ । धेरै सृंगार गर्नुभन्दा प्राकृतिक सौन्दर्यता ७ टिकाउ हुन्छ ।
 नेपालको झन्डा निर्माण सन्दर्भमा यसको विशेष परिकल्पनालाई स्पष्ट रूपमा जान्न सकिन्छ छ कि ?

२००७ पहिले नेपाललाई कसैले चिन्दैनथ्यो । २००७ सालपछि जब नेपालले युनाइटेड नेसनमा सदस्यता पायो । नेपालबाट प्रतिनिधि जान थाले । युनाइटेड नेसनमा ७०-८० वटा सदस्यहरु थिए । त्यहाँको राष्ट्रपति र मन्त्री, राजदूत आउँदा उस्तै झन्डा बोक्थें । तर, नेपालबाट जाँदा प्रत्येक मान्छेले फरक फरक झन्डा बोक्थे । युनाइटेड नेसनले नेपालको अधिकारिक झन्डा कुन हो भनेर सोधेपछि खबर राजा महेन्द्र कहाँ पुग्यो । राजा महेन्द्रले शासन हातमा लिएपछि २०१८ साल तिर नयाँ संविधान लेख्ने बेला थियो । त्यस समितिका सदस्य कृष्णप्रसाद पन्त पनि थिए । उनका भिनाजु प्रा डा बलराम जोशीको घर पनि मैले डिजाइन गरेको थिए । त्यही कारण राष्ट्रिय झन्डा बनाउने अवसर मिलेको हो । पहिले झण्डाको वस्तुशास्त्र अध्ययन गरे । सूर्य भनेको प्राज्ञ रहेछ र चन्द्रमा भनेको करुणा । त्यसैले चन्द्रमा माथि गयो अनि तीन हप्तामा झन्डा तयार भयो । यसरी हाल नेपाल झन्डाको आकार र स्वरुप एक छ ।
नेपाल एकेडमी भवन कमलादी निर्माणको सम्बन्धमा यहाँको अनुभवहरु थाहा पाउन ?

राजा महेन्द्रले निजी खर्चमा पचास रोपनी खरिद गरेर दिए । योजनामा माग गरिएको १ करोड ५ लाख निकासा भयो । कुनै मन्त्रीले एकेडमीको आवरण बिगार्न खोजको थियो । तर, त्यो सफल भएन । यो भूकम्प प्रतिरोधी भवन हो । यसलाई संरक्षण गर्न जरुरी छ ।

यहाँलाई जीवनको यो अवस्थामा आइपुग्दा के गरौ जस्तो लाग्छ ?

मेरा अनुभव र अनुभूतिहरु धेरै छन् । यो मेरो संग्रालयलाई सुरक्षित गर्ने प्रश्न मेरो अगाडि आउँछ । कलम मेरो ध्यान बढी गइरहेको छ । यो मेरो आत्म सतुष्टिको विषय हो । अहिले इञ्जिनियरिङ्गमा त्यति रमाउँदिनँ । वृद्ध काल भए पनि काम गर्न रमाइलो लाग्छ । खाली बस्दिनँ । देश सप्रियोस्, गणतन्त्र आएर पनि देश भ्रष्ट र बोलवालाको लुटतन्त्र भएकोले चिन्ता लाग्छ नै । नेपालका एकीकरण वा वीर सपुतहरुलाई सम्झनै पर्छ । देवकोटाले भन्थे नेपाल सुन्दर, शान्त विशाल कुनै पनि खराब हुरीले तहसनहस नपरोस् । मलाई चिन्ता छ नेपाली हामी रहौँला कहाँ नेपाली नरहे ।

प्रतिक्रिया दिनुहोस्