प्रि-ओपन सेसन नेप्सेमा १.९४ अंकले वृद्धि



काठमाडौं ।

प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा १.९४ अंकले वृद्धिभइ १९१० विन्दुमा आएको छ ।

यससँगै २२ कम्पनीको एक हजार ६३९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख ३१ हजार ४३५ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ११ कम्पनीमा उकालो लागेको छ भने ८ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा वृद्धि भएको छ । एउटा कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्