लेभलिङ र प्याकेजिङसहित रामेछापको चारघरे ब्रण्डको राज्मा बजारमा 



रामेछाप ।

रामेछाप नगरपालिका ५ रामपुरमा उत्पादन भएको चारघरे ब्रान्डको राज्मा लेभलिङ र प्याकेजिङ सहित बजार बिक्री वितरण गर्न सुरु गर्न लागिएको छ ।

रामेछापको रामपुर गेडागुडीको पकेट क्षेत्र हो । रामपुरमा गहत,मस्याङ,मास र राज्मा धेरै मात्रामा उत्पादन हुन्छ । स्थानीय स्तरमा उत्पादन भएको राज्यमा ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित जिल्ला तथा जिल्ला बहिरका बजार क्षेत्रमा बिक्री वितरण गर्न लागिएको हो ।

यसको लागि सगरमाथा कृषि तथा पशुपालन सहकारी संस्था रामपुरले बजारीकरणको जिम्मा लिएको छ । सियास र आर्या नामक संस्थासँग सहकार्य गरेर सहकारीले राज्यमालाई लेभलिङ र प्याकेजिङ सहित पठाउने तयारी गरे छ ।

रामपुरका महिलाहरूले उत्पादन गर्दै आएको गेडागुडी जातका तरकारी बालीहरूले अब राम्रो बजार पाउने वडाध्यक्ष हरिसचन्द्र श्रेष्ठले बताउनुभयो । रामपुर देखी रामेछापको बिहीबारे हाटमा किसानले गेडागुडी बोकेर बेच्न ल्याउने गरेका छन् । किसानबाट बिचौलियाहरूले सस्तोमा गेडागुडी खरिद गरेर महँगोमा बिक्री गर्दै आएका छन् । अब यो समस्या पनि अन्त्य हुने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

चारघरे ब्रान्ड मार्फत बजारमा पुग्ने राज्मा १ केजी र ५ सय ग्रामको प्योकटमा प्याक भएर नेपालका विभिन्न बजारहरूमा पुग्ने छ । आफूहरूको उत्पादन देशका विभिन्न ठाउँमा पुग्ने भएपछि उचित मूल्य पाइने भन्दै यहाँका किसानहरू पनि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्